स्याङ्जामा २६ करोडभन्दा बढी बेरुजु
स्याङ्जा | बैशाख १, २०८०
फाइल तस्बिर
स्याङ्जा: पाँच नगरपालिका र छ गाउँपालिका गरी ११ स्थानीय तह रहेको स्याङ्जामा आर्थिक वर्ष २०७८-७९ मा २६ करोड ५७ लाख २८ हजार बजेट बेरुजु देखिएको छ ।
महालेखापरिक्षक कार्यालयको ६० औँ वार्षिक प्रतिवेदनमा गत आर्थिक वर्षभन्दा ५३ लाख ११ हजार बढेर २६ करोड ५७ लाख २८ हजार बेरुजु बढी देखिएको हो ।
यहाँ नगरपालिकामा प्रतिशतका हिसाबले धेरै चापाकोट नगरपालिका ३.०२ प्रतिशत र कम वालिङ नगरपालिका १.४६ प्रतिशत तथा पालिकामा हरिनासमा सबैभन्दा बढी ४.२६ प्रतिशत र फेदिखोलामा सबैभन्दा कम १.१३ प्रतिशत बेरुजु देखिएको छ ।
चापाकोट नगरपालिकामा एक अर्ब २९ करोड ९२ लाख ९५ हजार रुपियाँको लेखापरिक्षणमा तीन करोड ९२ लाख ४० हजार बेरुजु देखिएको छ भने गल्याङ नगरपालिकामा एक अर्ब ७९ करोड ३८ लाख २० हजार रुपियाँमा तीन करोड २३ लाख ८६ हजार रुपियाँ बेरुजु देखिएको हो ।
यस्तै, पुतलीबजार नगरपालिकामा दुई अर्ब ३८ करोड १० लाख ४८ हजार रुपियाँको लेखापरिक्षणमा तीन करोड २५ लाख दुई हजार बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ भने भीरकोट नगरपालिकामा एक अर्ब ३३ करोड ७७ लाखको लेखापरिक्षणमा दुई करोड १९ लाख ७० हजार रुपियाँ बेरुजु देखिएको छ ।
वालिङ नगरपालिकामा एक अर्ब ८१ करोड ३४ लाख ७३ हजारको लेखापरिक्षणमा दुई करोड ६३ लाख ९९ हजार रुपियाँ बेरुजु देखिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ । पालिकामध्ये हरिनास गाउँपालिकामा ७६ करोड ३४ लाख ५६ हजारको लेखापरीक्षणमा तीन करोड २५ लाख ३४ हजार बेरुजु देखिएको प्रतिवेदन उल्लेख छ ।
यस्तै, आँधीखोला गाउँपालिकामा एक अर्ब १६ करोड ६३ लाख ४१ हजार रुपियाँको लेखापरीक्षणमा एक करोड ८२ लाख २० हजार रुपियाँ बेरुजु देखिएको भने कालीगण्डकी गाउँपालिकामा एक अर्ब एक करोड ८४ लाख ३१ हजार रुपियाँको लेखापरीक्षणमा एक करोड ८२ लाख २० हजार रुपियाँ बेरुजु देखिएको छ ।
विरुवा गाउँपालिकामा ९८ करोड ८० लाख ९६ हजार रुपियाँको लेखापरीक्षणमा एक करोड ८१ लाख ४० हजार बेरुजु देखिएको छ ।
फेदीखोला गाउँपालिकामा ९६ करोड ३३ लाख ५५ हजारको लेखापरीक्षणमा एक करोड ९ लाख ३२ हजार रुपियाँ बेरुजु देखिएको छ भने अर्जुन चौपारी गाउँपालिकामा ८२ करोड ७ लाख ४५ हजारको लेखापरीक्षणमा एक करोड २१ लाख ५० हजार रुपियाँ बेरुजु भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

